अस्ताए वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको

अस्ताए वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको

२२ माघ, काठमाडौं । 
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । 

शर्माको उपचारको क्रममा बुधबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारीक श्रोतले जनाएका छन्।  

शर्मालाई केही समयदेखि मुटुमा समस्या आएको थियो। यस्तै पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो। ५ दिन अगाडि ग‌ंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमाभर्ना गरिएका शर्मालाई मंगलबार साँझमात्र उनलाई मनमोहन कार्डियो भस्कुलर सेन्टर, शिक्षण अस्पताल ल्याइएको थियो।

इलाममा २००४ साल जेठ १४ जन्मिएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गरेको थिए। नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहेका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गरेका थिए। उनको ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक प्रकाशित छन्।

शर्माको श्रीमती र २ छोरा छन्।