एक सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ

एक सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ

साउन ६, काठमाडौं । 
अवैध रुपमा ल्याइएको करिब १ सय केजी बुद्धचित्तको दानासहित चार जना मानिसलाई प्रहरीले पक्राउ गरेको छन् ।

सूर्यविनायक नगरपालिका-८ स्थित बा.२ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला पारी ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपालिका-१२ घर भएका २१ वर्षीय रोशन कार्की, काठमाडौं बसुन्धारा बस्ने रामेछाप सुनापती घर भएका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबास घर भएका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ आउदै गरेको उक्त ट्याक्सीबाट ७ वटा बोरामा रहेको  बुद्धचित्तको दाना बरामत गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।