एसीसी ईस्टर्न रिजन : नेपाल र मलेसिया भिड्दै

एसीसी ईस्टर्न रिजन : नेपाल र मलेसिया भिड्दै

१७ फागुन, काठमाडौँ । 
सीसी ईस्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा आज नेपाल र मलेसिया भिड्दैछन् ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्ने दाउमा छ ।

 प्रतियोगितामा नेपाल एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएपनि हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

थाइल्याण्डको बैंककमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।