कालिकोटमा भेटिए विजय शाही, मृत्युको हल्ला झुटो

कालिकोटमा भेटिए विजय शाही, मृत्युको हल्ला झुटो

काठमाडौं, १२ साउन । 
मंगलबार साझ सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भयो । त्यो तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाही थियो । तस्वीर विजयको मृत्युको सन्देश दिने किसिमको थियो । 

सामाजिक सञ्जालमा विजय शाहीको मृत्यु भनेर हल्ला फैलिएपछि कालिकोटका प्रहरी त्यसबारे खोजी गरेको छ । खोजीका क्रममा मृत्यु भएको भनेर हल्ला फैलिएका विजय शाही कालिकोटस्थित उनको घरमै भेटिएको प्रहरीले जानकारी दिएको छ  । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका भने, 'विजय शाहीबारे बाहिर आएको समाचार झुटो हो।' उनी आफ्नै घरमा भेटिएको कोलिकोटबाट जानकारी आएको उनले जानकारी दिए । 

फेसबुकमा यो  झुठो सामग्री  कसले फैलाएको भनेर प्रहरीले अनुसन्धान गरिरहेका उनले जानकारी दिए ।