सर्लिन चोपडाको खुलासा: राज कुन्द्राले जर्बजस्ती किस गर्न खोजेका थिए

सर्लिन चोपडाको खुलासा: राज कुन्द्राले जर्बजस्ती किस गर्न खोजेका थिए

ऐजेन्सी, १४ साउन । 
पोर्न फिल्म बनाएको आरोपमा प्रकाउ परेका धनाड्य राज कुन्द्राको एकपछि अर्काे रहस्य खुल्दै गएको छ । 

अनुसन्धानका लागि १४ दिनका लागि न्यायिक हिरासतमा रहेका राजलाई अभिनेत्री सर्लिन चोपडाले पनि उनीमाथि गम्भिर आरोप लगाएकी छन् । चोपडाका अनुसार राज कुन्द्राले उनलाई यौन दुर्व्यवहार गरेका थिए ।

पोर्नोग्राफी केसमा आफ्ना राजविरुद्ध आफ्नो बयान दर्ज गराउनका लागि सर्लिन चोपडा मुम्बईको क्राइम ब्रान्चमा पुगेकी थिइन् । उनले अप्रिल २०२१ मा राजविरुद्ध यौन उत्पीडनको आरोपमा एफआईआर दर्ज गराएकी थिइन् । 

एकपटक राज कुन्द्रले उनलाई जर्बजस्ती किस गर्न खोजेको उनले बताएकी छन् । ‘सायद त्यतिबेला पत्नी शिल्पा सेट्टीसँग उनको सम्बन्ध राम्रो थिएन अर्थात् खटपट थियो । तर म एक विवाहित पूरुषसँग यस्तो सम्बन्ध बनाउन चाहन्न’ उनले वयानमा भनेकी छिन् ।

राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन् । जमानतका लागि उनले दिएको याचिका भारतको तल्लो अदालतले २८ जुलाईमा खारेज गरिदिएको थियो । यसबीच, पोर्नोग्राफी मामिलामा धेरै अभिनेत्रीहरुले राज कुन्द्राको ऐट हटसट्सबारे खुलेर बोलिरहेका छन् । 

राज कुन्द्रामाथि अश्लिल फिल्म बनाउने र सार्वजनिक गर्ने गरेको आरोप छ ।