यूएई बिरुद्धको टि -२० सिरिजको पहिलो खेलमा नेपाल पराजित

यूएई बिरुद्धको टि -२० सिरिजको पहिलो खेलमा नेपाल पराजित
तस्विर सौजन्य : Courtesy UAE cricket officials

१७ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको छ । 

आईसीसी क्रिकेट एकेडेमीमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउदै १३२ रन मात्रै बनाउन सक्यो । 

पहिलो बलमा नै प्रदीप ऐरी शून्य रनमा गुमाएको नेपालका ब्याट्सम्यानहरूले ठूलो साझेदारी गर्न सकेनन् । आफ्नो डेब्यु खेलमै सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै टी-२० कृकेटमा अर्धशतक बनाउने कान्छो खेलाडी बनेर रेकर्ड बनाए पनि नेपाललाई जित दिलाउन भने सकेनन् ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् । युएईका लागि महोम्मद नाभिद, सुल्तान एहमद र जोहर खानले समान २ विकेट लिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिए । यस्तै सोमपाल कामी र अविनास बोहोराले १/१ विकेट लिए । युएईका लागि साइमान अनवरले सर्वाधिक ५९ रन जोडे ।

यस जितसँगै  यूएईले तीन म्याचको सिरिजमा १-० को अग्रता लिएको छ ।