डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले सरकारलाई दियो अल्टिमेटम

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले सरकारलाई दियो अल्टिमेटम
तस्विर सौजन्य : रिपब्लिका

माघ १३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरोधमा नेपाल चिकित्सक संघले सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

डा.केसीले १६ औं अनसन सुरु गर्नुभएको आज १८ औं दिन वितिससक्दा विधेयक पारीत गरेर सरकार मौन बसेको भन्दै आन्दोलनका थप कार्यक्रम अगाडी बढाइएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

संघले डा. केसीले उठाएका तत्काल सम्बोधन गर्नुपर्ने भन्दै ७२ घण्टे अल्टिमेटम दिएको थियो । आइतबार ७२ घण्टे अल्टिमेटमको समय सकिएलगत्तै संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले आफ्ना मागहरुको बेवास्ता गरिएको भन्दै सोमबारबाट थप आन्दोलका कार्यक्रम ल्याउने तयारी गरिएको बताए ।

डा. मुक्तिराम का अनुसार सोमबार बिहान ५ बजेदेखि १० बजेसम्म रिले अनसन हुने र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय भएको बताए ।