भारतीय संगीतकार अनु मलिकलाई इजरायली राष्ट्रिय गानको संगीत चोरीको आरोप

भारतीय संगीतकार अनु मलिकलाई इजरायली राष्ट्रिय गानको संगीत चोरीको आरोप

काठमाडौं, १८ साउन । 
बलिउडका चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ । 

संगीतकार अनु मलिकलाई चोरेको आरोप लागेका कारण उनी ट्वीटरको ट्रेनिङमा छन् भने  सामाजिक सञ्जालमा समेत ट्रोलको शिकार  बनेका छन्।

फिल्म ‘दिलजले’ को  ‘मेरा मुल्क मेरा देश’ गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।

हालै जापानको राजधानी टोकियोमा ओलम्पिक खेलमा इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत बजाइएको थियो । राष्ट्रिय गीत बजाइदै गर्दा भारतीयहरुले अनु मलिकको एउटा गीत सम्झिए ।

अनु मलिकले संगीत भरेको फिल्म ‘दिलजले’को ‘मेरा मुल्क मेरा देश मेरे ये वतन’ को गीतमा मेल खाएपछि सबैले मलिकलाई संझिएका हुन् । खेलाडीको सम्मानका लागि इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजाउँदा अधिकांश भारतीयहरुले मलिकलाइृ ट्रोल बनाउन भ्याइसकेका थिए ।