अमेजनले ४५ करोड भारुमा किन्यो अक्षयकुमारको ‘बेलबटम’

अमेजनले ४५ करोड भारुमा किन्यो अक्षयकुमारको ‘बेलबटम’

ऐजेन्सी, २१ साउन । 
अमेजन प्राइमले अक्षय कुमार स्टारर ‘बेलबटम’लाई ४५ करोड भारुमा खरिद गरेको छ ।

भारतीय संचारमाध्यमका अनुसार यसअघि ९० करोड भारुमा डील भएपनि ओटीटी प्लेटफर्म रिलिजको लागि ओटीटीमा आउने भएपछि अमेजनले उक्त मूल्यमा फिल्मको राइट किनेको हो ।

अब अक्षय कुमारको बेलबटम पनि दक्षिण भारतीय फिल्म मास्टरजस्तै हलमा रिलिज भएको दुई सातामा ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ।

यसैबीच, निर्देशक रोहित सेठ्ठीले डिजिटल प्लेटफर्ममै फिल्म रिलिज गर्नेबारे नेटफिल्क्ससँग अन्तिम छलफल थालेका छन् । नेटफिल्क्सले थप प्रतीक्षा नगर्ने संकेत दिएपछि रोहितले छलफल चलाएका हुन् ।