यस्तो छ अक्षयकुमारको ‘बेलबटम’ को ट्रेलर(भिडियो)

यस्तो छ अक्षयकुमारको  ‘बेलबटम’ को ट्रेलर(भिडियो)

काठमाडौं, २१ साउन ।

अक्षयकुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर रिलिज भएको छ ।

अक्षयकुमारका हरेक फिल्मजसरी नै यस फिल्मको ट्रेलर पनि भव्य तरिकाले लन्च गरियो । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयकुमार र अभिनेत्री वाणी कपूर एकसाथ देखिएका थिए ।

फिल्मका अभिनेत्री लारा दत्तले दर्शकलाई ‘सरप्राइज’ दिएकी छन् । सन् १९८४ को घटनामा आधारित एक स्पाई थ्रिलरमा फिल्ममा लाराले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छन् ।

ट्रेलर लन्च भएपछि अक्षयकुमारले सोशल मिडियामा फ्यानहरुसँग खुसी साटेका छन् । अक्षयले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत यो ट्रेलर शेयर गरेका छन् । ‘ठूलो पर्दाको जादू फेरि एकपटक लिएर आउदैछु, बेल बटमको साथ,’ उनले लेखेका छन् । उनले टिमका सबैलाई ट्याग पनि गरेका छन् ।