दोहोरीगीत प्रतिष्ठानको बहिष्कारमा परेका दुर्गेशले ‘बहिष्कार’ गीत बनाउने

दोहोरीगीत प्रतिष्ठानको बहिष्कारमा परेका दुर्गेशले ‘बहिष्कार’ गीत बनाउने

काठमाडौं, २० साउन । 
राट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई बहिष्कार गर्ने भएपछि त्यसको जवाफमा दुर्गेशले बहिष्कार बोलको गीत ल्याउने भएका छन् । 

दुर्गेशले आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै दोहोरीगीत प्रतिष्ठानको निर्णयप्रति आपत्ति जनाएका छन् । 

गायक दुर्गेशले आफ्नै शब्द, संगीतमा १३ दिन अघि बिच्च बिच्चमा ४ ख्यास्स पुतली गीत सार्वजनिक गरेको थिए । गीत सार्वजनिक हुनुभन्दा पहिलो दोहोरीगीत प्रतिष्ठानले शब्द सच्याउनका लागि पत्र नै काटेपनि दुर्गेशले उक्त गीत परिवर्तन नगरी सार्वजनिक गरेका थिए । 

प्रतिष्ठानको आग्रह नमानेका दुर्गेशलाई आइतबार बसेको दोहोरीगीत प्रतिष्ठान दुर्गेशलाई प्रतिबन्ध लगाउने निर्णय गरेपनि आधिकारिक रुपमा भने त्यो निर्णय सार्वजनिक भएको छैन् । 

"समय सँगै हरेक पल नयाँ पलहरुको जन्म हुन्छ ती नयाँ पलहरूलाई उपलब्धि मुलक बनाई जिवनको सार्थकता बुझ्न प्रयास गरिररहेको हर मानव मा एउटा मात्र लक्ष्य हुन्छ जिवन कलात्मक बाचौ खुशि संगालेर बाचौ आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जिवन बाँचौ तर मानव नै मानव को रक्षक भक्षक दुबै रहेछ म चाहन्छु मेरो कारणले कसैको बाँचन पाउने अधिकार नखोसियोस् आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाईरहदा प्रत्यक्ष दोहोरी का सुन्नै नसकिने छाडा गितहरू लाई स्वतंत्र छोडिएको छ मेरो गित न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठान ले अर्को शब्दकोश निर्माण गरेको छ जुन दुखद छ परिवर्तन लाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन प्रतिष्ठान का सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जिवन हजार बर्ष को होस् शुभकामना।" दुर्गेशले लेखेका छन् । 

दुर्गेशले प्रतिष्ठानबो निर्णयमा असहमती जनाउदै विगतमा बद्री पंगेनीले, कोमल वली देखी कुमार बस्नेतका  गीतहरु निकाल्दा कुनै कारवाही नभएको गुनासो गरेको छन् ।