कंगनाको 'धाकड' मे २७ मा प्रदर्शन हुने

कंगनाको 'धाकड'  मे  २७ मा प्रदर्शन हुने

१७ फागुन, काठमाडौं । 
बलिउड अभिनेत्री कंगना रणावतको बहुप्रतिक्षित एक्सन चलचित्र 'धाकड'को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री रणावत आफैंले सामाजिक सञ्जालमार्फत चलचित्र २७ मेमा प्रदर्शन हुने घोषणा गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'एजेन्ट अग्निको बल जसलाई कसैले रोक्न सक्दैन’ तिब्र गतिमा आउँदैछ । एक्शन र स्पाइ थ्रिलर धाकडले हिन्दी, तमिल, तेलुगु र मलायालम चार भाषामा मे २७ मा थिएटरमा आगो लगाउनेछ ।

चलचित्रमा कंगना ‘एजेन्ट अग्नि’को भूमिकामा देखिनेछिन्। चलचित्र एक्सन विद्यामा आधारित जासुसी र द्वन्द्वात्मक कथाले भरिएको छ ।

यसअघि अप्रिल ८ मा प्रदर्शन हुने भनिएको चलचित्रको कोरोना महामारीका कारण प्रदर्शन स्थगित भएको थियो । रजनीश राजी घाइले निर्देशन गरेको चलचित्रमा कंगनासँगै अर्जुन रामपाल र दिव्या दत्त पनि फिल्मको मुख्य भूमिकामा छन् ।