सलमानका भाई सोहेल काठमाडौंमा

सलमानका भाई सोहेल काठमाडौंमा

१ वैशाख, काठमाडौं । 
बलिउड नायक सलमान खानका भाई सोहेल खान काठमाडौं आइपुगेका छन् । 

जेठको १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘दबंग लाइभ इन नेपाल’को तयारीको बारेमा बुझ्नका लागि सोहेल आफ्नो टिमसहित नेपाल आएका हुन् ।

सोहेल काठमाडौंको सोल्टी होटलमा पत्रकार भेटघाट गरेर फर्किनेछन् । उनले, पत्रकारहरुलाई सलमानको कन्सर्टको बिषयमा जानकारी दिने आयोजक ओडिसी इन्टरटेन्मेन्टले बताएको छ ।

कोरोना महामारीका कारण थला परेको नेपालको पर्यटनलाई विश्व बजारमा सकारात्मक सन्देश दिनका लागि यो कन्सर्ट आयोजना हुन लागिएको हो । सलमानसँग केही साता अगाडि मात्र पर्यटनमन्त्री प्रेम बहादुर आलेले भर्चुअल रुपमा कुरा गरेका थिए ।