३४ वर्ष पुरानो मुद्दामा कमेडियन सिद्धुलाई एक वर्षको जेल सजाय

३४ वर्ष पुरानो मुद्दामा कमेडियन सिद्धुलाई  एक वर्षको जेल सजाय

६ जेठ, काठमाडौं । 
३४ वर्ष पुरानो सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब काँग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटरसमेत रहेका नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सिद्धुको गाडीको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । 

अदालतले चार वर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेर नयाँ फैसला सुनाएको हो, जुन फैसलाले उनलाई जेलमा पुर्‍याएको छ ।

त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।