विवादमा तानिएपछि अमिताभले गरे ‘पान मसला’को विज्ञापनमा नखेल्ने घोषणा

विवादमा तानिएपछि अमिताभले गरे ‘पान मसला’को विज्ञापनमा नखेल्ने घोषणा

काठमाडौं, २७ असोज । 
हालै बलिउड नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाएका छन् ।

७९ बर्षको उमेरमा पनि अमिताभको हातमा चलचित्र, विज्ञापनको कुनै अभाव छैन ।

हालै एक पान मसलाको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका अमिताभले जन्मदिनको अवसर पारेर उक्त पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । उनले, विवादमा तापनएको पान मसलासँगको संझौता सकिएको जानकारी दिएका छन् ।

अमिताभ यो ब्राण्डसँग जोडिएका थिए त्यतिबेला उनलाई यो विज्ञापन सरोगेट अन्र्तगत पर्छ भन्ने थाहा थिएन । गत साता नै यो यो ब्रान्डसँगको संझौता अगाडि नबढाउने फैसला लिएका थिए । अमिताभले ब्रान्डसँगको संझौता खारेज गर्दै प्रमोशन शुल्क समेत फिर्ता दिएका छन् ।

जब, यो विज्ञापन सार्वजनिक भएको थियो त्यसपछि अमिताभको सामाजिक संजालमा खुबै ट्रोल पनि भएको थियो । अमिताभलाई यस्ता विज्ञापनमा काम गर्न किन पर्यो भनेर धेरै सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न पनि गरेका थिए ।

जसको जवाफ दिदै अमिताभले भनेका थिए,‘म माफी चाहन्छु । तर, यदि कसैको व्यवसायमा सहयोग पुग्छ भने त्योसँग किन जोडिन्छ भनेर सोच्नु हुँदैन । यदि व्यवसाय हो भने हामीले पनि आफ्नो व्यवसायको बारेमा सोच्नु पर्दछ । तपाइलाई मैले किन यो विज्ञापनमा काम गरे भन्ने लागेको होला । यो विज्ञापनमा काम गर्दा मलाई पैसा मिल्छ । हाम्रो उद्योगमा जो लाखौं मानिसहरु काम गर्छन्, उनीहरुलाई पनि रोजागर मिल्छ ।’