पान मसलाको विज्ञापनले विवादमा तानिए अभिनेता अमिताभ बच्चन

पान मसलाको विज्ञापनले विवादमा तानिए अभिनेता अमिताभ बच्चन

काठमाडौं, ९ असोज । 
बलिउड अभिनेता अमिताभ बच्चन पान मसलाको विज्ञापनमा अभिनय गरेका कारण विवादमा तानिएका छन् । 

आफ्नो मनपर्ने अभिनेताले पान मसलाको प्रवद्र्धन गरेको देख्दा फ्यानहरु अमिताभसँग रिसाएका छन् ।

यस विषयमा भारतीय नेशनल एन्टी टोबेको अर्गनाइजेसनले पनि चासो देखाएको छ । अर्गनाइजेसनले अमिताभलाई एक आधिकारिक पत्र पठाउदै चाँडो भन्दा चाँडो यो विज्ञापन अभियानबाट हात झिक्न अनुरोध गरेको छ ।

नेशनल अर्गनाइजेसन फर इरेडिकेशन अफ टोबेकोका अध्यक्ष शेखर साल्करले अर्गनाइजेसनका तर्फबाट अमिताभलाई एक पत्र पठाएका हुन् । शेखरले कैयौं अध्ययनमा पान मसाला र चुरोटको सेवनको लत स्वास्थ्यका लागि नोक्सानी हुने देखाएकाले अमिताभले पान मसालाको विज्ञापनको अभियानबाट पछाडि हट्न आग्रह गरेका छन् ।

अमिताभ पल्स पोलियो अभियानको ब्राण्ड एम्बासेडर रहेकाले उनले पान मसाला विज्ञापन अभियानबाट पछि हट्नुपर्नेमा शेखरले जोड दिएका छन् ।