बलिउड यि कलाकार, जो छोराका कारण लज्जित बने

बलिउड यि कलाकार, जो छोराका कारण लज्जित बने

काठमाडौं, १८ असोज । 
पछिल्लो समय बलिउडका धेरै कलाकार र उनीहरुका छोरी ड्रग्स सेवनको तलमा पर्ने समस्या दिनानुदिन बढ्दै गइरहेको छ । बलिउडमा यस्ता कैयौं पिता छन्, जो आफ्नो छोराको गलत कामका कारण शिर निहुराउन बाध्य भएका छन् । 

जसमा छोराकै कारण हालचालै लज्जित बनेका शाहरुख खानदेखि फिरोज खानसम्म रहेका छन्। आफ्नो छोराको गलत कामका कारण शिर निहुराउन बाध्य केहि प्रतिनिधी कलाकार यि हन्:

सलीम खान

अभिनेता सलमान खान बलिउडका दिग्गज कथाकार सलीम खानका छोरा हुन् । सलमानमाथि कैयौं मुद्धा चलेका छन् । हिट एण्ड रन’, काला हिरणसहित कैयौं मामलामा अदालतमा मुद्धा चलिरहेको छ । उनका कारण सलिमले कैयौं झण्झटको सामना गर्नु परेको छ ।

सुनील दत्त

दिवंगत अभिनेता सुनील दत्तको जीवनमा पनि यस्तै समस्या आएको छ । सुनीलका छोरा र अभिनेता सञ्जय दत्तले कैयौंपटक जेलको हावा खाइसकेका छन् । सञ्जयबाट प्रहरीले लागुऔषध बरामद गरेको थियो । सञ्जय अवैध हतियार राखेको आरोपमा जेल गइसकेका छन् । जसकारण पिताले निकै बद्नामी झेल्नुपरेको थियो ।

फिरोज खान

अभिनेता फरदीन खानका पिता फिरोज खान छोराका कारण कैयौंपटक लज्जित हुनुपरेको छ । केही वर्ष अघि फरदीन लागुऔषध दुव्र्यसनी भएका थिए । फरदीनबाट प्रहरीले कोकिन बरामद गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

शाहरुख खान

अभिनेता शाहरुख खानको नाम यो सूचीमा पछिल्लोपटक जोडिएको छ । उनका छोरा आर्यनलाई एनसीबीले एक रेव पार्टीबाट पक्राउ गरेका छन् । एनसीबीका अनुसार उक्त पार्टीमा लागुऔषधको प्रयोग भएको थियो । यसपछि उनलाई अदालतमा पेश गरिएको छ ।

आदित्य पञ्चोली

अभिनेता आदित्य पञ्चोलीका छोरा सूरज पञ्चोलीको नाम अभिनेत्री जिया खानको आत्महत्या मुद्धामा जोडिएको थियो । जियासँगको सम्बन्धका कारण सुरजले जियालाई आत्महत्याको लागि प्रोत्साहन गरेको आरोप लागेको थियो । यो मामलामा सुरजले जेलको हावा पनि खानु परेको थियो ।

राजकुमार कोहली

राजकुमार कोहलीका छोरा अरमान कोहली ‘बिग बोस’का कारण चर्चामा आए । अरमान पनि लागुऔषध मामलामा फसिसकेका छन् । लागुऔषध सेवन गरिरहँदा एनसीबीले उनलाई पक्राउ गरेर जेल पठाइएको थियो ।