मनी लाउन्ड्रिङमा मुछिएको ज्याकलिनको सम्पत्ति जफत

मनी लाउन्ड्रिङमा मुछिएको ज्याकलिनको सम्पत्ति जफत

२० वैशाख, काठमाडौं । 
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाममा रहेको ७.२७ करोड (भारु) बराबरको सम्पत्ति जफत गरिएको छ । 

सुकेश चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिए ५.७१ करोड (भारु) को  मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मा मुछिएपछि जफत भएको हो ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको हो ।

यस्तै, चन्द्रशेखरले ज्याकलिनलाई एक लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको बताइएको छ । यसअघि पनि सुकेशले बयानमा ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री उपहार दिएका थिए ।