के विक्की र कट्रिना बिवाह बन्धनमा बाधिन लागेका हुन्?

के विक्की र कट्रिना बिवाह बन्धनमा बाधिन लागेका हुन्?

काठमाडौं, २० भदौं । 
बलिउड उद्योगमा नायक र नायिकाको प्रेम र ब्रेकअपले समयसमयमा चर्चा पाइरहन्छ । अघिल्लो साताबाट बलिउडमा अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीचको सम्बन्धबारे चर्चा चलेको छ । अहिले उनीहरु प्रेममा रहेको धेरैले आशंका गरेका छन् । 

केहिले उनीहरु डेट गरिरहेको बताएका छन् भने केहीले विक्की र कट्रिनाको गुपचुप इन्गेजमेन्ट भइसकेको समेत अनुमान गरेका छन् । खैर उनीहरुको सम्बन्धलाई लिएर उनीहरुका फ्यान भने उत्साहित देखिएका छन्।

यता विक्की र कट्रिनाका परिवारले उनीहरुको इन्गेजमेन्टबारे चलेको हल्ला झुटो रहेको बताएका छन्। यता सामाजिक सञ्जालमा विक्की र कट्रिनाको बिहे हुन लागेको भनेर चलिरहेको छ । 

भारतीय मिडिया बलिउड लाइफका अनुसार जसरी विक्की र कट्रिनाको इन्गेजमेन्टको जानकारी झुटो थियो त्यसैगरी उनीहरुको डिसेम्बरमा बिहे हुने कुरा पनि साँचो होइन। उनीहरु आफ्नो आउँदो प्रोजेक्टमा व्यस्त छन् र बिहे हुने कुनै तयारी छैन। विक्की र कट्रिनाको मित्रता गहिरो छ तर उनीहरु यति चाँडै बिहे गर्ने सुरसारमा भने नरहेको बलिउड लाइफले उल्लेख गरेका छ।

हाल कट्रिना ‘टाइगर ३’को सुटिङमा व्यस्त छिन्। फिल्ममा सलमान खानको पनि अभिनय छ। उनीहरु अहिले सुटिङको लागि टर्की पुगेका छन्। यता विक्की कौशल भने साम मानेकशाको बायोपिकका लागि तयारी गरिरहेका छन्।

उनीहरु अहिले एकअर्कालाई डेट गरिरहे पनि बिहे निकै परको कुरा रहेको बलिउड लाइफले उल्लेख गरेको छ।