शाहरुख खानका छोरा ड्रग्स पार्टीमा भेटिए, प्रहरीले पक्राउ गरेर बयान लिदै

शाहरुख खानका छोरा ड्रग्स पार्टीमा भेटिए, प्रहरीले पक्राउ गरेर बयान लिदै

काठमाडौं, १७ असोज । 
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रग्स पार्टीमा भेटिएमा भेटिएका छन् । 

भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो ९एनसिबी० ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मार्दा ड्रग्स पार्टी चलिरहेको अवस्थामा बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । एनसिबीका अधिकारीहरुले शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन् । तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन ।