भ्रामक समाचार छापेको भन्दै तरबार बोकेर पत्रकारको घरमा पुगेका थिए शाहरुख

भ्रामक समाचार छापेको भन्दै  तरबार बोकेर पत्रकारको घरमा पुगेका थिए शाहरुख

काठमाडौं, १३ असोज । 
बलिउड अभिनेता शाहरुख खान र गौरी खानलाई बलिउडको सुन्दर जोडीका रुपमा हेरिन्छ ।

यता अभिनेता शाहरुख मुस्लिम हुन् र उनकी पत्नी गौरी पञ्जाबी हुन् । उनीहरुको प्रेम विश्वका लागि नै एउटा उदाहरण बनेको छ । 

सन् १९८८ मा पहिलोपटक गौरीसँग भेट हुँदा शाहरुख गौरीको प्रेममा परे । शाहरुख गौरीप्रति कति आशक्त थिए भने गौरीकै लागि उनले पत्रकारमाथि तरबार बोकेर जाइलागे ।

शाहरुखले सन् १९९१ अक्टोबर २५ मा गौरीसँग विवाह गरेका थिए । त्यसपछि उनी आफ्नो करियर बनाउनका लागि मुम्बई आए । सन् २०१३ मा शाहरुखले तहलका थिंकको एक कार्यक्रममा विवाहको समयका बारेमा बताएका थिए।

‘भारतीय मिडिया एपी लाइभका अनुसार सन् १९९३ मा जब मेरो फिल्म ‘कभी हाँ कभी ना’ रिलिज भएको थियो, त्यही बेला एक पत्रकारले फिल्मको सहअभिनेत्रीसँग मेरो अफेयर भनेर समाचार प्रकाशन गरेका थिए । जसलाई लिएर गौरी निकै चिन्तित बनेकी थिइन् । गौरीलाई मसँग विवाह गरेर आफूले कुनै गल्ती त गरेको होइन भन्नेसम्मको शंका उब्जिएको थियो’, उनले भनेका छन् ।

त्यसपछि शाहरुख निकै रिसाए । शाहरुखका ससुरा सेनाका एक अधिकारी थिए । पञ्जाबी विवाहमा जसरी गरिन्छ, त्यसरी नै उनका ससुराले गौरीको रक्षाका लागि एक तरबार दिएका थिए । ‘मलाई लाग्यो कि यो एक यस्तो हतियार हो, जसलाई भारतीय सेनाले मञ्जुरी दिएको थियो । मैले त्यो तरबार बोकेर मेरो बारे गलत समाचार लेख्ने पत्रकारको घरमा पुगें । पत्रकारको खुट्टामा तरबार तेस्र्याएँ र फेरी फिल्मको सेटमा फर्किएँ’, शाहरुखले भनेका छन् ।

शाहरुखले यो घटनाको भोलिपल्ट केही प्रहरी आएर उनलाई हिरासतमा लिएर गएका थिए । उनलाई यो समयमा प्रहरीले एक फोन गर्न पाउने अनुमति दिएको थियो । उनलाई त्यो पत्रकारलाई फोन गरे, जसलाई उनले तरबार बोकेर धम्क्याएका थिए । उनले ‘अहिले म जेल जाँदैछु, जेलबाट निस्किएँ भने तँलाई काटिदिन्छु’ भनेर धम्क्याए ।

यो घटनापछि अभिनेता नाना पाटेकरले उनलाई जेलबाट निकाले । जो यही फिल्ममा शाहरुखसँग काम गरिरहेका थिए ।