शिल्पा शेट्टीले १५ वर्षपछि पाइन अश्लील मुद्दामा सफाइ

शिल्पा शेट्टीले १५ वर्षपछि पाइन अश्लील मुद्दामा सफाइ

११ माघ, माठमाडौं । 
१५ वर्ष अघि हलिउड स्टार र एड्स सचेतना अभियानकर्ता रिचर्ड गेरेले सार्वजनिक रूपमा चुम्बन गरेपछि शिल्पा शेट्टी विरुद्ध दायर गरिएको अश्लील मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टीले ‘अश्लीलता’ मुद्दामा अन्ततः सफाइ पाएकी छिन्। मुम्बई अदालतले शिल्पालाई सफाइ दिएको हो। 

यो घटना सन् २००७ मा राजस्थानमा भएको एक प्रमोशनल कार्यक्रममा भएको थियो । रिचर्ड गेरेले उनको गालामा चुम्बन गरेपछि भारतभर दंगा मच्चिएको थियो । 

सार्वजनिक स्थानमा हलिउड अभिनेता रिचर्ड गेरलाई चुम्बन गरेर अश्लीलता फैलाएको आरोप लगाउँदै शिल्पाविरुद्ध मुद्दा दर्ता भएको थियो। अदालतले शिल्पालाई लगाइएका आरोपमा दम नभएको भन्दै १५ वर्षपछि मुद्दा खारेज गरेको हो ।

सन् २००७ मा राजस्थानमा भएको एउटा कार्यक्रममा रिचर्ड गेरले शिल्पालाई चुम्बन गरेका थिए । यो घटना राष्ट्रिय चर्चाको विषय बनेपछि उनका विरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एक मुद्दा दर्ता भएका थिए ।

शिल्पा अघिल्लो वर्ष भने श्रीमानका कारण समाचारमा छाएकी थिइन् । श्रीमान राज कुन्द्रालाई पोर्न फिल्मको व्यापार गरेको आरोपमा प्रहरीले समातेपछि शिल्पासमेत विवादमा तानिएकी थिइन् । राज अहिले धरौटीमा रिहा भएका छन् ।

शिल्पाले राजस्थानसँगै गाजियाबादमा घटनाको बारेमा आफ्ना तर्क प्रस्तुत गरेकी थिइन् । राजस्थानको अदालतले शिल्पाको बयानसँगै बाँकी आरोपमा पनि कुनै तर्क नभएको भन्दै मुद्दा खारेज गरेको हो । अदालतले गेरले चुम्बन गर्दा नरोकेको बाहेक बाँकी गतिविधि क्षम्य रहेकाले उनलाई आरोपबाट मुक्त गर्ने निर्णय गरेको हो ।