हृदयघातका कारण बलिउड अभिनेता सिद्धार्थ शुक्लाको निधन

हृदयघातका कारण बलिउड अभिनेता सिद्धार्थ शुक्लाको निधन

काठमाडौं, १७ भदौं ।
बलिउडका अभिनेता तथा बिग बोस–१३ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा बिहीबार निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । 

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका थिए तर बिहिबार बिहान उनको मृत्यु भइसकेको थियो । अस्पतालले शुक्लाको हृदयघातका कारण निधन भएको जनाएको छ । 

सन् १९८० को डिसेम्बर १२ जन्मिएका शुक्लाले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

उनले टेलिशृंखला 'बबुलका आगन छुटे ना', 'जाने पेहेचाने से ये अजनवी', 'लभ यु जिन्दगी' मा अभिनय गरेका थिए । रियालिटी सो बिग बोस-१३ बाहेक उनी 'झलक दिखलाजा-६', 'फियर फ्याक्टर: खत्रोंका खिलाडी ७' मा पनि सहभागी भएका थिए ।