सिद्धार्थको निधनपछि बिग्रियो प्रेमिका शहनाजको स्वास्थ्य अवस्था

सिद्धार्थको निधनपछि बिग्रियो प्रेमिका शहनाजको स्वास्थ्य अवस्था

काठमाडौं, २१ भदौं । 
बिहिबार बिहान अचानक बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधनको खबर सार्वजनिक भएपछि बलिउड उद्योगमा सन्नाटा छायो । 

शुक्लाको निधनको खबरले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनायो नै उनकी प्रेमिका शहनाज गिल स्तब्ध मात्र भइनन् उनको स्वास्थ्य अवस्था समेत बिग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

 ‘बीग बोस १३’का विजेता सिद्धार्थ र शहनाज ‘बीग बोस १३ बाट नजिकिएका थिए ।   ‘सिडनाज’ उपनामले परिचित यो जोडी पछिल्लो समय एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सिद्धार्थको निधनको खबर आएपछि  विक्षिप्त बनेकी  शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् ।  उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको  कुरा आफ्नो पितालाई  जानकारी दिएकी थिइन् ।

एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् ।’

यस्तै, सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।