बलिउड अभिनेत्री शिल्पालाई ठगीको आरोप, प्रहरीले गर्यो सोधपुछ

बलिउड अभिनेत्री शिल्पालाई ठगीको आरोप, प्रहरीले गर्यो सोधपुछ

काठमाडौं, २२ साउन ।
बलिउड अभिनेत्री शिल्पा सेट्टीलाई पछिल्लो एक महिनादेखि विभिन्न समस्या झेल्नुपरेको छ । 

एकातिर उनका पनि राज कुन्द्रा पोर्न चलचित्र निर्माणको आरोपमा प्रहरी हिरासतमा परेका छन् । महिना बित्न लाग्दा पनि राजको घटनाले ठोस निर्णय पाइसकेको छैन् । सोही अवधिमा अभिनेत्री शिल्पा पनि पटक पटक प्रहरी कार्यालय धाउनुपर्याे । 

उनका पतिमाथी लागेको आरोप आजको दिनसम्म पनि न पुष्टि भएको छ, न त राजले यस घटनामा सफाई पाएका छन् । बरु उल्टै अभिनेत्री शिल्पा पनि प्रहरी कार्यालयमा धाउनुपरेको छ । 

यसको कारण हो शिल्पामाथि करोडौं ठगीको मुद्दा। लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर बाहिर केही प्रहरी उभिएका छन् भने प्रहरीको हातमा नोटिस समेत छ ।

लखनउको विभूतिखन्ड पुलिस स्टेशनमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले शिल्पा र उनकी आमा सुनन्दा सेट्टीमाथि ठगीको आरोपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको थियो ।

आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरुले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । पैसा लिएर पनि शिल्पा र सुनन्दाले वाचा पुरा नगरेको आरोप छ ।