प्रहरी छापा हान्न आएपछि आई लेन्स कभर देखि सेनेटरी प्याडमा लुकाएका थिए ड्रग्स

प्रहरी छापा हान्न आएपछि आई लेन्स कभर देखि सेनेटरी प्याडमा लुकाएका थिए ड्रग्स

काठमाडौं, १८ असोज । 
भारतमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित ८ जना गिरफ्तारीमा परेपछि यो समाचारले भारतमा तहल्का मच्चिएको छ । 

समुद्रको बीचमा जारी क्रुज ड्रग्स पार्टीमा ९ जनाको गिरफ्तारीपछि त्यहाँका केही रोचक तथा नयाँ तथ्य सार्वजनिक भएका छन् । क्रुजमा भएका एनसीबी टीमले छापाको घोषणा गर्नेबित्तिकै ड्रग्स पार्टी गरिरहेका आरोपीले ड्रग्सलाई यस्तो स्थानमा लुकाए जहाँ एनसीबीको समूहको आँखा पर्न मुश्किल थियो । कसैले ड्रग्सलाई लेन्सको डिब्बामा राखे त कतिले सेनेटरी प्याडको बीचमा लुकाए ।

एनसीबी स्रोतका अनुसार आर्यन खानको आई लेन्स कभरबाट ड्रग्स भेटिएको थियो । यसबाहेक पार्टीमा रहेकी मुनमुन धमिचाले सेनेटरी प्याडको बीचमा ड्रग्स लुकाएकी थिइन् । आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्टले जुत्ता भित्र ड्रग्स लुकाएको बताइन्छ । यसबाहेक यो मामिलामा पक्राउ अन्य ५ मध्ये दुई आरोपीले ड्रग्स फ्याँक्ने प्रयास पनि गरेका थिए । 

यद्यपि, एनसीबीका २२ सदस्यको समूहले सही समयमा उनीहरुलाई पक्राउ गरे । यी सबैलाई नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टका चार धारा अन्तर्गत पक्राउ गरिएको छ ।

यसकारण क्रुजमा ड्रग्स पार्टी गर्ने निर्णय गरे

आरोपीले जानीजानी यो क्रुजलाई आफ्नो ड्रग्स पार्टीका लागि छानेका थिए । वास्तवमा यो जहाज मुम्बईबाट गोवा जाने बेला केही समयका लागि अन्तर्राष्ट्रिय पानीमा पनि यात्रा गर्छन् । यदि उनीहरु ड्रग्स सेवन गरेर अन्तर्राष्ट्रिय पानीमा पक्राउ परेपनि भारतीय कानून उनीहरुमाथि लागू नहुने आरोपीको मान्यता थियो ।