छोरा आर्यनलाई छुटाउन शाहरुखले बनाए स्पेसल लिगल टिम

छोरा आर्यनलाई छुटाउन शाहरुखले बनाए स्पेसल लिगल टिम

काठमाडौं, २ कार्तिक । 
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेका छन् । हाई प्रोफाइल क्रुज ड्रग्स पार्टीमा पक्राउ परेका आर्यन खानको मुद्दाको हालसम्म पनि अन्तिम सुनुवाई भएको छैन् ।

शाहरुख र उनकी पत्नी गौरी आर्यनलाई जेलबाट रिहा गर्नका लागि कुनै कसर बाँकी राखेका छैनन् । शाहरुख छोराको मामलामा कुनै कुराको कमी हुन नदिने मनस्थितिमा पुगेका छन् । त्यसकारण उनी आफ्नो पहलमा स्पेशल लिगल टिम बनाएर आर्यनलाई छुटाउन पूर्ण रुपमा तयारी अवस्थामा छन् ।

गत अक्टोबर १४ मा सेशन्स कोर्टमा आर्यनको जमानत निवेदनमा सुनुवाई भएको थियो । जसमा कोर्टले एनसीबी र आर्यनको वकीलको बयान सुनेपछि फैसला सुरक्षित राख्दै अक्टोबर २० लाई अर्थात बुधबारलाई अन्तिम निर्णय सुनाउने उल्लेख गरेको छ । 

 शाहरुख बुधबारको सुनुवाईको प्रतिक्षामा छन् । शाहरुखले आफ्नो विशेष लिगल टिममा दिग्गज कानून व्यवसायीहरुलाई समेटेका छन् ।

आर्यन मामलाका कारण शाहरुखको फ्यानको आकर्षण बनिरहेको उनको घर मन्नत वरपर सन्नाटा छाएको छ । किनकी यो घटनाका कारण शाहरुखका फ्यान पनि दुःखी छन् ।

शाहरुखका एक नजिकका साथीका अनुसार यो टिमले आर्यनलाई जमानतबाट छुटाउने प्रयास गर्नेमात्र होइन, अन्य केही काम गर्ने पनि योजना बनाएको छ ।

वास्तवमा भन्ने हो भने शाहरुखले कहिल्यै पनि आफूलाई यति विवस र हारेको महशुस गरेका थिएनन् । शाहरुख र गौरीको लागि अहिलेको अवस्था निकै चुनौती र अन्यौलपूर्ण छ ।