शाहरुखका छोरा आर्यनको जमानतको निवेदन अदालतद्वारा खारेज

शाहरुखका छोरा आर्यनको जमानतको निवेदन अदालतद्वारा खारेज

काठमाडौं, ६ कार्तिक । 
पछिल्लो समय चर्चामा रहेका बलिउड नायक शाहरुख खानका छोरा आर्यन खानलाई जमानत दिन मुम्बइको एनडीपीएस अदालतले अस्विकार गरेको छ । 

अदालतले आर्यनसँगै पक्राउ परेका मुनमुन धमीचा र अरबाज मर्चेन्टको जमानतको आग्रहलाई पनि खारेज गरिदिएको छ । आर्यनलाई मुम्बइको आर्थर रोड जेलमा राखिएको छ ।

अदालतको यो निवेदन खारेजीसँगै आर्यन अझै केही समय जेलमा नै बिताउनुपर्नेछ । आर्यनका वकिलका अनुसार, अब उनको जमानतका लागि मुम्बइको उच्च अदालतमा निवेदन दिने तयारी गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यता आर्यनका वकिलले उनको साथबाट ड्रग्स नभेटिएको, उनी क्रुज भित्र प्रवेश नै नगरेको, मेडिकल जाँचका क्रममा पनि उनले ड्रग्स सेवन गरेको नदेखिएकोले जमानत दिन आग्रह गरेका थिए ।

आर्यनलाई एनसीबीले मुम्बइको एक क्रुजको ड्रग्स पार्टीबाट गिरफ्तार गरेको थियो । आर्यनमाथि ड्रग्स किनेको र सेवन गरेको आरोप छ । आर्यनको ह्वाट्सअप च्याटमा ड्रग्सको बिषयमा कुराकानी गरेको पाइएको एनसीबीको दाबी छ ।