रहेनन् तारक मेहताका उल्टा चश्मा’का नट्टु काका

रहेनन् तारक मेहताका उल्टा चश्मा’का नट्टु काका

काठमाडौं, १७ असोज । 
भारतीय टेलिभिजन सिरियल  ‘तारक मेहताका उल्टा चश्मा’मा ‘नट्टू काका’को भूमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता घनश्याम नायकको ७७ वर्षको उमेरमा निधन भएको छ । 

घनश्यामको निधनको उक्त सिरियलका निर्माता असित मोदीले पुष्टि गरेका छन् ।  ‘हाम्रो प्रिय नट्टु काका हामीमाझ रहेनन् । परम कृपालु परमेश्वर उनलाई आफ्नो चरणमा स्थान दिनुहोला र परम शान्ति दिनुहोला । उनको परिवारलाई यो दुःख सहन सक्ने शक्ति दिऊन । नटु काका हामी तपाईंलाई भुल्न सक्दैनौं,’ असितले सामाजिक सञ्जालमा लेखेका छन् ।

घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि घनश्यामको घाँटीमा केही गाँठा देखिएका थिए । जसका कारण उनको उपचार सुरु भएको थियो । गत वर्ष उनको घाँटीको अपरेसन गरेर ८ गाँठा निकालिएको थियो । निरन्तर उपचार पछि उनको स्वास्थ्यमा सुधार आएको थियो । उनको क्यान्सरबाट निधन भएको हो ।

टेलिभिजन सिरियलमा राम्रो छवि नाएका घनश्याम टेलिसिरियल मात्र होइन, कैयौं फिल्ममा पनि काम गरेका थिए । सन् १९६० मा अशोक कुमारको फिल्म ‘मासूम’बाट बाल कलाकारका रुपमा अभिनय यात्रा थालेका उनले ‘बेटा’, ‘तिरंगा’, ‘आंखें’, ‘लाडला’, ‘क्रान्तिवीर’, ‘आन्दोलन’, ‘बरसात’लगायतका फिल्ममा अभिनय गरेका थिए ।