बलिउडका यि नायिका, जसले अरुका प्रेमी चोरेको आरोप झेल्नुपर्‍यो

बलिउडका यि नायिका, जसले अरुका प्रेमी चोरेको आरोप झेल्नुपर्‍यो

काठमाडौं, ३ भदौं । 
बलिउडमा ब्रेकअप र प्याचअपको खबर सामान्य हो । कहिले कुन कलाकार कोसँग देखिन्छन् भन्ने कुरा कसैलाई थाहा नै हुँदैन । यो उद्योगमा केही यस्ता अभिनेत्री छन्, जसमाथि दोस्रो अभिनेत्रीको प्रेमी चोरेको आरोप लाग्ने गरेको छ ।

आलिया भट्ट
अभिनेत्री आलिया भट्टको नाम रणवीर कपूरसँग जोडिन थालेपछि कटरीना कैफका फ्यानलाई ठूलो झड्का लाग्यो । किनकी कुनै समय कटरीना र रणवीर प्रेमी थिए । उनीहरुको विवाहको कुरासम्म चलिसकेको थियो । 

दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोण भन्दा अघि रणवीर सिंहको प्रेम अनुष्का शर्मासँग थियो । वर्षौ अघिसम्म रणवीर र अनुष्काको सम्बन्धलाई लिएर सञ्चारमाध्यम र फिल्मकर्मीमा चर्चाको विषय बनेको थियो । तर अचानक रणवीरको जीवनमा दीपिकाको प्रवेश भएपछि उनको अनुष्कासँग ब्रेकअप भयो।

अनन्या पाण्डे
फिल्म ‘धडक’पछि जाह्नवी कपूर र इशान खट्टरको नाम खुबै जोडियो । ‘खाली पिली’को सुटिङपछि इशान अभिनेत्री अनन्या पाण्डेसँग नजिकिए । दुवैजना मालदिभ्समा बिदा मनाउन समेत पुगेका थिए।

सारा अली खान
फिल्म ‘राब्ता’को समयमा अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री कृति सेननको नजिकपना बढेको थियो । यसपछि सुशान्तको जीवनमा सारा अली खानको प्रवेश भयो ।

ट्विकंल खन्ना
एक समय अक्षय कुमारको नाम अभिनेत्री शिल्पा शेट्टीसँग जोडिएको थियो । तर केही वर्षपछि अक्षय र ट्विंकल खन्नाको विवाह हुन लागेको खबरले बलिउडमा हल्लाखल्ला मच्एिको थियो ।