डिभोर्स गरेर अलग्गिएकी किरणको चलचित्रमा लगानी गर्दै आमिर खान

डिभोर्स गरेर अलग्गिएकी किरणको चलचित्रमा लगानी गर्दै आमिर खान

१ माघ, काठमाडौं ।
केहि महिना अघि मात्रै आपसी समझदारीमा पत्नि किरण रावसँग डिभोर्स गरेका अभिनेता अमिर खानले पूर्वपत्नि किरण रावको चलचित्रमा लगानी गर्ने भएका छन् । 

दशक अघि फिल्म ‘धोबीघाट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेकी किरणको चयाँ चलचित्रमा अभिनेता अमिर निर्माताका रुपमा रहने भएका हुन् । अहिले नाम सार्वजनिक नगरिएको यस चलचित्रको लेखन र निर्देशन भने किरणले गर्ने छिन । 

किरणले आमिरलाई  चलचित्रको कथा सुनाएपछि आमिर लगानीका लागि तयार भएको चारतीय मिडियाले उल्लेख गरेका छन् ।यो जोडीले संयुक्त रुपमा काम गर्ने भएपछि अमिरका फ्यानले सामाजिक सञ्जालमा अमिरको प्रशंसा गरिरहेका छन् । 

चलचित्रमा विप्लव गोस्वामीको कथा र स्नेहा देसाईको पटकथा तथा संवाद रहनेछ । चलचित्रले तीन पात्रको कथालाई देखाउने जनाइएको छ । 

जनवरी २० बाट छायाँकंन सुरु हुने जनाइएको उक्त चलचित्र महाराष्ट्रका विभिन्न सहरमा खिचिनेछ । 

किरणले आगामी अप्रिलमा फिल्मको छायांकन पुरा गर्ने योजना बनाएकी छन् ।