भारतमा नवविवाहित दम्पतीको अनौठो सम्झौता: महिनामा एउटा मात्र पिज्जा खाने सम्झौतापत्रमा हस्तक्षर

भारतमा नवविवाहित दम्पतीको अनौठो सम्झौता: महिनामा एउटा मात्र  पिज्जा खाने सम्झौतापत्रमा हस्तक्षर

६ साउन, ऐजेन्सी । 
जोडीहरूबीच विवाहका सम्झौताहरू अधिकांश गम्भीर विषयहरूमा हुने गर्छन्। तर एक भारतीय जोडीले उनीहरूको हालै सम्पन्न विवाहका बेला गरेको अनौठो विषयवस्तुमा गरेको 'सम्झौता' मिडियाको हेडलाइन र सोसल मिडियामा भाइरल बनेको छ। 

रमाइलोका लागि यो गर्न हुने र त्यो नहुने भन्ने सूची नव विवाहितका साथीहरूले तयार पारेका हुन् जुन स्वाभाविक रूपमा कानुनी सम्झौता भने होइन। 

तर इन्स्टाग्राममा विवाहको भोलिपल्ट २२ जूनका दिन अपलोड भए यता एउटा सम्झौतामा हस्ताक्षर गर्दै गरेको १६ सेकेन्ड लामो उक्त भिडिओ पाँच करोड पटक हेरिसकिएको छ। 

दुलाहा र दुलही वा उनीहरूका साथीहरूले यस्तो सम्झौता पत्रमा हस्ताक्षर गरिएका घटना यसअघि पनि सार्वजनिक भएका थिए। तर पछिल्लो भाइरल भएको भिडिओ चाहिँ यसको सूचीमा सबभन्दा माथि रहेको 'महिनामा एउटा मात्र पिज्जा' भन्ने बुँदाका कारण हो।

यो सुझाव २४ वर्षीय दुलही शान्ति प्रसाद लक्षित छ जसले असाध्यै पिज्जा मन पराउँछिन् र उनले आफ्नी कलेजदेखिका प्रेमी २५ वर्षीय मिन्टु रायसँग विवाह गरिन्। 

उनीहरूले उत्तर पूर्वी राज्य आसामको गुहाटीमा एउटा परम्परागत समारोहबीच विवाह गरेका थिए।