कोरोना संक्रमणपछि बाहुबलीका 'कटप्पा' अस्पताल भर्ना

कोरोना संक्रमणपछि बाहुबलीका 'कटप्पा' अस्पताल भर्ना

२५ पुस, काठमाडौं । 
भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् । 

केही दिनअघि महेश बाबु पछि ‘बाहुबली फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन् । उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

रिपोर्टहरुका अनसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो । 

त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेट भएका थिए । तर स्वास्थ्य विग्रदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ ।