आलियाको जन्मदिनमा ब्रह्मास्त्रको फस्ट लुक सार्वजनिक

आलियाको जन्मदिनमा ब्रह्मास्त्रको फस्ट लुक सार्वजनिक

२ चैत, काठमाडौं ।
आलिया भट्टको २९ औँ जन्मदिनको अवसरमा टिम ‘ब्रह्मास्त्र’ ले चलचित्रको बहुप्रतिक्षित अभिनेत्री ‘ईशा’को फर्स्ट लुक सार्वजनिक गरेको छ ।

चलचित्रमा आलियाले इशाको भूमिका निर्वाह गरेकी छन्। चलचित्रका निर्माता करण जोहरले आलियाको फस्ट लुक सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिएका छन्।

चलचित्र ब्रह्मास्त्रलाई पाँच वटा भाषामा सार्वजनिक गरिने बताइएको छ ।

सेप्टेम्बर ९ मा सार्वजनिक हुने उक्त चलचित्र मा आलियासँगै रणवीर कपुर, अमिताभ बच्चन, नागर्जुन, मोनी राय, साहरुख खानलगायतको अभिनय देख्न सकिन्छ ।

https://www.instagram.com/p/CbHHjcPIiii/