गोप्य तस्वीर बाहिरिएपछि ज्याकलिन लेख्छिन्, 'भाइरल नबनाइदिनुहोला'

गोप्य तस्वीर बाहिरिएपछि ज्याकलिन लेख्छिन्, 'भाइरल नबनाइदिनुहोला'

२५ पुस, काठमाडौं । 
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ ।

केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । यि दुई अन्तरङ्ग तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् । अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै सञ्चार माध्यमलाई आफ्नो यस्तो गोप्य तस्बिर भाइरल नगर्न आग्रह गरेकी छन् ।
  
‘यो देश र यहाँका जनताले मलाई अथाह माया र सम्मान दिएका छन् । यसमा मेरा मिडिया साथीहरू पनि पर्छन् । मैले तपाईँहरू सबैबाट केही सिकेको छु । अहिले म कठिन समयबाट गुज्रिरहेको छु । म मिडियामा रहेका मेरा साथीहरूलाई निजी जीवन र गोपनीयतामा हस्तक्षेप गर्ने यस्ता तस्बिरहरू प्रसारित नगर्न अनुरोध गर्दछु । तपाईँहरू आफ्ना निकट कसैको यस्तो तस्बिर फैलाउनु हुँदैन, त्यसैले मलाई लाग्छ कि तपाईँले मेरा तस्बिरहरू समेत भाइरल गर्न बन्द गर्नु हुनेछ । साथै आशा छ तपाईँहरूले म माथि अन्याय गर्नु हुन्न,’ ज्याकलिनले लेखेकी छन्।

ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो ।