यस्तो छ अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषीको नयाँ फिल्म 'पृथ्वीराज' को टिजर (भिडियोसहित)

यस्तो छ अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषीको नयाँ फिल्म 'पृथ्वीराज' को टिजर (भिडियोसहित)

२ मंसिर, काठमाडौं । 
बलिउड अभिनेता अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको नयाँ फिल्म पृथ्वीराज को टिजर सार्वजनिक भएको छ। 

यश राज फिल्म्सको ब्यानरमा बनेको फिल्ममा अक्षय कुमार, मानुषी छिल्लर, सञ्जय दत्त र सोनू सूदको मुख्य भूमिका छ।

मानुषीले यही फिल्ममार्फत् बलिउडमा डेब्यु गरेकी हुन्।

चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको पृथ्वीराज २१ जनवरी २०२२ मा सिनेमाघरहरू रिलीज हुनेछ।

फिल्मको टिजर रिलिज भएपछि सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। मुख्यगरी अक्षय कुमारको लुक्सको विशेष चर्चा भइरहेको हो।