ओमीक्रोन प्रभाव: मिथुन र अनुपमको 'द कश्मीर फाइल्स' को रिलिज मिति सर्याे

ओमीक्रोन प्रभाव: मिथुन र अनुपमको 'द कश्मीर फाइल्स' को रिलिज मिति सर्याे

२६ पुस, काठमाडौं । 
बलिउड अभिनेता अनुपम खेर र मिथुन चक्रवर्तीको चलचित्र 'द कश्मीर फाइल्स' को रिलिज मिति सारिएको छ ।

यसअघि चलचित्रको रिलिज मिति २ जनवरी २०२२ तोकिएको थियो, जसलाई अहिले कोरोना र ओमिक्रोनको बढ्दो केसलाई ध्यानमा राख्दै निर्माताले स्थगित गरेको छ । यसबारे निर्माताहरुले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेका छन् ।

विवेक रञ्जन अग्निहोत्रीले लेखन तथा निर्देशन गरेको यस ड्रामा चलचित्रमा अनुपम-मिथुन बाहेक दर्शन कुमार, पल्लवी जोशी, भाषा सुम्बली र चिन्मय मण्डलेकरको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई जी स्टुडियोज र तेजनारायण अग्रवाल, अभिषेक अग्रवाल, पल्लवी जोशी र विवेक रञ्जन अग्निहोत्रीले निर्माण गरेका हुन्।