पाइरेसीको शिकार बन्यो प्रभास र पूजाको 'राधे श्याम'

पाइरेसीको शिकार बन्यो प्रभास र पूजाको 'राधे श्याम'

२९ फागुन, काठमाडौं । 
दक्षिण भारतीय सुपरस्टार प्रभास, पूजा हेगडेको चलचित्र राधे श्याम अनलाइन पाइरेसीको सिकार बनेको छ । 

 उक्त चलचित्र रिलिज भएको केही घण्टामै तमिल रकर्स, मूवीरुल्ज, आइबोम्मा र टोरेन्ट साइटहरूद्वारा अनलाइन लिक भएको थियो। राधे श्यामु भारतीय सिनेमाकै महँगोमध्येको एक चलचित्र हो ।

यससँगै अनुपम खेर अभिनीत द कश्मीर फाइल्स पनि पाइरेसीको शिकार भएको छ । दुबै चलचित्र मार्च ११ मा हलमा रिलिज भएका थिए । मिडिया रिपोर्टका अनुसार द कश्मीर फाइल्सले पहिलो दिनमै तीन करोडभन्दा बढी कमाएको छ । उता, राधे श्यामले पनि हिन्दी बेल्टमा साढे चार करोडको ओपनिङ व्यापार गरिसकेको छ ।

ुराधे श्यामु हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन भएको छ । कुमारको निर्देशनमा बनेको यो फिल्ममा प्रेम र नियतिबीचको द्वन्द्वात्मक कथालाई प्रस्तुत गरिएको छ । चलचित्र मा प्रभासले ज्योतिषीको भूमिका निर्वाह गरेका छन् ।

यस्तै, चलचित्र मा प्रभास र पूजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि अभिनय छ ।