एकसाथ पर्दामा देखिने भए प्रियंका, आलिया र कट्रिना

एकसाथ पर्दामा देखिने भए प्रियंका, आलिया र कट्रिना

काठमाडौं, २६ साउन। 
बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस, कट्रिना कैफ र आलिया भट्ट एकसाथ पर्दामा देखिने भएका छन् । 

फरहान अख्तरले निमार्ण गर्न लागेको नयाँ फिल्म 'जिले जरा' मा यी तीन अभिनेत्री एउटै पर्दामा देखिने भएका हुन् ।

सन् २०११ मा ‘डन २’ फिल्मको निर्देशनपछि फरहान अब ‘जी ले जरा’ फिल्मबाट निर्देशकको रुपमा फर्किन लागेका छन्।

मगंलबार प्रियंका, आलिया, कट्रिना र फरहानले सामाजिक सञ्जालमा ‘जी ले जरा’को पोस्टर सार्वजनिक गरेर नयाँ फिल्मबारे जानकारी दिएका हुन्।

पोस्टरमा तीनै जनाको नाम पनि उल्लेख छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंकाले कट्रिना र आलियासँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्,'महिला मात्रैको मल्टिस्टारर हिन्दी फिल्म कम छन् । यो फिल्ममा मेरा दुई मिल्ने साथीहरु पनि छन् । यो खासमा हामी तीनजनाको मित्रताको उत्सव पनि हुनेछ ।'

तीनै जनाले एउटै तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै खुसी साटेका छन् ।