यस्तो छ अल्लु अर्जुन अभिनीत ‘पुष्पा’ को ट्रेलर

यस्तो छ अल्लु अर्जुन अभिनीत  ‘पुष्पा’ को ट्रेलर

२१ मंसिर, ऐजेन्सी ।
अल्लु अर्जुन अभिनीत चलचित्र ‘पुष्पा’को ट्रेलर सार्वजनिक भएको छ ।

अल्लु अर्जुनको बहु प्रतीक्षित उक्त चलचित्रको अन्य ४ भाषाका ट्रेलर सोमबार नै सार्वजनिक गरिएता पनि हिन्दी ट्रेलर भने मङ्गलवार सार्वजनिक गरिएको हो ।

एक्सनमा आधारित चलचित्र डिसेम्बर १७ तारिखबाट विश्वभरका चलचित्र हलमा प्रदर्शन हुदैछ। 

सुकुमारले निर्देशन गरेको यो चलचित्रमा अल्लु अर्जुनका साथै रश्मिका मन्दना, फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।