बलिउड अभिनेत्री नुसरत सुटिङ सेटमै बेहोस भएपछि !

बलिउड अभिनेत्री नुसरत सुटिङ सेटमै बेहोस भएपछि !

काठमाडौं, २३ साउन । 
बलिउड अभिनेत्री नुसरत भरुचा सुटिङ सेटमै बेहोस भएकी छन् । 

फिल्म ‘लभ रञ्जन’को सेटमा काम गरीरहेकी नुसरत अचानक रिंगटा चलेर लडेपछि उनलाई सेटबाटै तुरुन्त अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न डाक्टरले नुसरतलाई ‘वर्टिगो अट्याक’ भएको बताएका छन् । 

उनी विगत ७ दिन यता निकै अस्वस्थ थिइन् । सुटिङ सेटमा उनी निकै असजिलोका साथ उभिएर कुराकानी गर्थिन् । उनलाई सेटबाट अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउञ्जेलसम्म उनको परिवारलाई खबर गरिएको थिएन ।

फिल्मका निर्माताका अनुसार नुसरत २३–२४ दिनदेखि फिल्मको काम निकै राम्रो किसिमले गरिरहेकी थिइन् ।

अभिनेत्री नुसरतले आफूलाई तनावका कारण स्वास्थ्यमा समस्या आएको जानकारी डाक्टरले दिएको बताएकी छन् । उनले कोभिड महामारीले भावनात्मक, शारीरिक र आर्थिक रुपले जोकोहीलाई असर पारेको भन्दै त्यसको असर आफूमा पनि देखिएको खुलाइन् ।

फिल्मको अधिकांश दृश्यमा नुसरत अनिवार्य हुनपर्ने भएकाले अहिले फिल्मको छायाँकन पनि रोकिएको छ । 

नुसरतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भएको थियो ।