टिजरमा 'पिप्पा', युद्धको महासंग्राम

टिजरमा  'पिप्पा',  युद्धको महासंग्राम

काठमाडौं, ३० साउन । 
फिल्म 'पिप्पा' को टिजर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । राजाकृष्ण मेननले निर्देशन गरेकाे र सिद्धार्थ रोय कपुर तथा रोनी स्क्रेवाला निर्मित फिल्म मंसिर १६ गते रिलिज हुने भएको हो । 

अक्षयकुमार अभिनित ‘एयरलिफ्ट’ निर्देशक मेननको यो अर्को बहुप्रतीक्षित फिल्म हो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानसँग युद्ध घोषणा गरेको सन्दर्भ टिजरमा देखाइएको छ । 

ओस्कार विजेता एआर रहमानको संगीत रहेको फिल्ममा इशान खतार, मृणाल ठाकुर र प्रियांशु पैंयालु मुख्य भूमिका मा देख्न सकिन्छ । फिल्म भारतीय सेनाका बिग्रेडियर बलराम मेहताद्वारा लिखित पुस्तक ‘द बर्निङ चफिज’मा आधारित रहेको छ ।