ओमीक्रोन त्रास: 'आरआरआर' को प्रदर्शन मिति पछि धकेलियो

ओमीक्रोन त्रास: 'आरआरआर' को प्रदर्शन मिति पछि धकेलियो

१९ पुस, काठमाडौं । 
आगामी शुक्रबार अर्थात् जनवरी ७ मा एसएस राजामौलीको प्रदर्शन हुन लागेको चलचित्र 'आरआरआर' पछि धकेलीएको छ ।

यो वर्षको सुरुवात बलिउडका लागि खराब सावित भएको छ । आरआरआरका निर्माताहरूले छिट्टै नयाँ प्रदर्शन मितिको आधिकारिक घोषणा गर्ने बताइएको छ । 

ओमीक्रोन त्रासका कारण दिल्लीमा थिएटरहरू पूर्ण रूपमा बन्द हुने भएपछि उक्त चलचित्रको निर्माण युनिटले प्रदर्शन मिति पछि सारेको हो । 

योसँगै प्रभास अभिनित चलचित्र राधे श्याम १४ जनवरीमा मात्र प्रदर्शन हुने भएको छ ।