‘बजरंगी भाइजान २’सिक्वेल बनाउने सलमानको घोषणा

‘बजरंगी भाइजान २’सिक्वेल बनाउने सलमानको घोषणा

५ पुस, काठमाडौं ।
बलिउड अभिनेता सलमान खानले  ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन् । 

चलचित्र  ‘आरआरआर’को मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले सन् २०१५ मा सुपरहिट भएको बजरंगी भाइजानको सिक्वेल  ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन् ।

सलमानका अनुसार सिक्वेलको लेखन के भी विजयेन्द्र प्रसादले गर्नेछन् । निर्देशक एसएस राजामौलीका पिता समेत रहेका विजयेन्द्रले नै बजरंगी भाइजान लेखेका थिए ।

सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करियरको उत्कृष्ट फिल्म भएको भन्दै लेखक विजयेन्द्रलाई धन्यवाद दिएका थिए ।

निर्देशक एसएसलाई उनको चलचित्र  ‘आरआरआर’ प्रदर्शनमा साथ दिन सलमान, जुनियर एटीआर, रामचरण, आलिया भट्ट र निर्माता करण जोहरको पनि उपस्थिति थियो ।