ओमिक्रोन त्रास: सिक्किममा आयोजना हुने भनिएको ग्लोबल फिल्म फेस्टिभल स्थगित

ओमिक्रोन त्रास: सिक्किममा आयोजना हुने भनिएको ग्लोबल फिल्म फेस्टिभल स्थगित

२१ मंसिर, काठमाडौं ।
सिक्किममा डिसेम्बर १० देखि १४ सम्म आयोजना हुने भनिएको ग्लोबल फिल्म फेस्टिभललाई हालका लागि स्थगित भएको छ । 

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलन थालेसँगै सिक्किम सरकारले फेस्टिभललाई स्थगित गरेको हो ।

सिक्किम राज्यको संचार विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरिएन्टको कारण फेस्टिभल स्थगित गरिएको जानकारी दिएको छ । सुचनामा मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले फेस्टिभललाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।

उक्त फेस्टिभलमा भाग लिन दुईदर्जन नेपाली फिल्ममेकर र भुटानी निर्मातालाई निम्तो दिइएको थियो । 

मुम्बई र नेपाली चलचित्रकर्मीको फेष्टिभलमा सहभागी रहने तय भएको थियो ।