साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको आरोप

साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको आरोप

२० वैशाख, काठमाडौं । 

मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । 

मलयालम फिल्म उद्योगकी एक महिला कलाकारले अभिनेता विजय बाबुमाथि एक महिनाभन्दा बढी समयदेखि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन्। पीडित अभिनेत्रीले 'वुमन अगेन्स्ट सेक्शुअल ह्यासमेन्ट' नामको फेसबुक ग्रुपमा गरेको पोस्टमा कथित यौन दुर्व्यवहारको विवरण खुलाएकी छिन्। पोस्टमा पीडित युवतीले आफूलाई उद्योगमा केही वर्षदेखि चिनेको र चलचित्रमा सँगै काम गरेको बताएकी छिन्।

तर, विजय बाबुले आफ्नो फेसबुक लाइभ पोस्टमा यी आरोपहरूलाई खारेज गर्दै आफूले कुनै गल्ती नगरेको बताएका छन् । उनले मानहानीको मुद्दा हाल्ने बताएका छन् । 

‘मेरो व्यक्तिगत र पेशागत समस्याका लागि उहाँले मलाई मुक्तिदाता जस्तो व्यवहार गर्नुभयो तर त्यसको आडमा मलाई यौन शोषण गरेको छ,’ पीडित महिलाले भनिन् ।