‘थिरिमाली’ मा स्वस्तिमाको आइटम डान्स

‘थिरिमाली’ मा स्वस्तिमाको आइटम डान्स

१ माघ, काठमाडौं ।
नेपाली अभिनेत्री स्वस्तिमा खड्का अभिनीत दक्षिण भारतीय साउथ इन्डियन चलचित्र  ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ ।  

२ मिनेट ४१ सेकेन्डको ट्रेलरमा अभिनेत्री स्वस्तिमाको आइटमको डान्स र अन्य झलक समेत देख्न सकिन्छ । 

नेपालको पोखरा, काठमाडौं, लुक्ला लगायतका स्थानमा समेत छायाङ्कन भएको  ‘थिरिमाली’ को ट्रेलरमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ ।

भारतबाट नेपाल घुम्न आएको तीन साथीको कथा देखाउने यस चलचित्र राजीव शेट्ठीको निर्देशनमा निर्माण भएको छ । 

नेपालका सुन्दर दृश्यहरु समेत सोटिएको ट्रेलरमा लुक्ला विमानस्थलदेखि काठमाडौंको दृश्य देख्न सकिन्छ । 

हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा सार्वजनिक हुने बताइएको यस चलचित्रमा नेपााली कलाकारसँगै भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरिश कणरण, अन्ना राजन लगायतका कलाकारको अभिनय छ ।

छायाँकंन सकिएको बताइएको उक्त चलचित्रको प्रदर्शन मिति भने तय हुन बाँकी छ ।