सुटिङका क्रममा अभिनेता प्रकाश राज घाइते

सुटिङका क्रममा अभिनेता प्रकाश राज घाइते

काठमाडौं, २७ साउन ।
पाँच पटक राष्ट्रिय पुरस्कार जितेका दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज ​फिल्मको सुटिङका क्रममा लड्दा घाइते भएका छन् ।

अभिनेता  राज चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा घाइते भएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुटिङका क्रममा घाइते भएका राजको हात भाचिएको छ । 

 ‘म लडेँ । मेरो शरीरमा एउटा सानो फ्याक्चर भएको छ । सर्जरीका लागि म आफ्नो डा। गुरुवरेड्डी साथीसँग हैदराबाद जाँदैछु । म चाँडै ठिक हुन्छु । मेरो बारेमा चिन्ता लिनुपर्ने कुनै कारण छैन’, राजले सामाजिक सञ्जालमा लेखेका छन् । 

दक्षिण भारतीय फिल्ममा अभिनयको पर्याय बनेका  ५६ वर्षीया यि अभिनेता भिलेनको रोलमा परिचित छन् ।