मञ्जुसँग मनोजले कसे न्याय सेवाको अधिकृत मञ्जुसँग लगनगाँठो

मञ्जुसँग मनोजले कसे न्याय सेवाको अधिकृत मञ्जुसँग लगनगाँठो

काठमाडौं, २७ असोज । 
हाँस्य कलाकार मनोज गजुरेल वैवाहिक बन्धनमा बाँधीएका छन्। 

गजुरेलले उदयपुरकी मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । न्याय सेवाको अधिकृत रहेकी मञ्जु र मनोजले सोमबार भक्तपुरमा विवाह गरेका हुन् ।

मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन् । 

‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले लेखेका छन् ।

‘सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद’, उनले लेखेका छन् ।

मनोजको चार वर्ष अघि पहिलो श्रीमति मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । मिनासँगको सम्बन्धविच्छेद पछि उनका एक छोरा र एक छोरी मनोजसँगै थिए ।