पारस शाहको क्यारिकेचर गरेका भरतमणि कमेडी च्याम्पियनको फाइनलमा

पारस शाहको क्यारिकेचर गरेका भरतमणि कमेडी च्याम्पियनको फाइनलमा

काठमाडौं, १३ भदौं ।
पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेपछि यतिबेला मिडिया र सामाजिक सञ्जालमा चर्चा भरतमणि पौडेलकै छ । 

तिनै भरतमणि शनिबार प्रशारण भएको कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ को  ‘पर्फमर अफ द राउण्ड’ हुँदै सिधै  फाइनलमा प्रवेश गरेका छन् । 

राजेन्द्र महतो, गोकुल बाँस्कोटा लगायतका नेतागणको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल  शनिबार पूर्व युवराज पारस शाहको नक्कल गर्दै आफ्नो दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बन्दै उपाधिका नजिक पुग्न सफल भएका भएका हुन् । 

पूर्वयुवराज पारसको गेटअपमा प्रस्तुती दिन आएका भरतमणिले पारसको स्वभाव र बानीबेहोराका दुरुस्तै नक्कल गरेको भनेर दर्शकले प्रंशसा गरेका छन् । सोही क्रममा उनले वर्तमान राजनीतिक परिस्थितिप्रति पनि व्यङ्ग्य गरेका थिए ।  ‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् , ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्” गीतमा पनि उनले पारसको नृत्य उनकै शैलीमा गरेका थिए । 

उनको प्रस्तुतिसँगै सुरु भएको हुटिङको क्रम उनको प्रस्तुती नसकिदा सम्म चलेको थियो ।